ताजा अपडेट »

अटो इन्जिनियरिङ ब्यवसायीलाई कर अभिमुखिकरण

मंगलबार, ०४ मंसिर २०८१, २० : ०८
36 Shares
मंगलबार, ०४ मंसिर २०८१
36 Shares

बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीको अयोजनामा कर सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। बुटवल २ मैनाबगरमा रहेको एसोसिएसनको सभाहलमा एशोसियसनका सदस्य ब्यवसायीहरुलाई अभिमुखिकरण गरिएको हो।

अभिमुखिकरणमा बोल्दै नेपाल अटो मेकानिक्स ब्यवसायी महासङका केन्द्रिय अध्यक्ष जनार्धन गैरेले महासंघले ब्यवसायीक हक हितमा रहेर काम गर्दै आएको जानकारी गराए। उनले ब्यवसायीहरु धेरैले आफ्नो ब्यवसायमा केन्द्रित रहदा अन्य कुराहरु जानकारी नहुने अवस्थामा एशोसियसनले करको क्षेत्रमा भएका परिवर्तन सहित अभिमुखिकरण गरेको भन्दै प्रसंशा गरे।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवल कर अधिकृत भविश्वर पोख्रेलले फेरिएको बिल बिजक, परिवर्तित नियमहरु तथा ब्यवसायीले पाउन सक्ने राहतको ब्यवस्था लगायतको बारेमा प्रशिक्षण दिएका थिए।
राजस्व अनुसन्धान कार्यालय प्रशिक्षक दिपेन्द्र श्रेष्ठले कर तथा राजश्वको बारेमा प्रशिक्षण गरेका थिए।

बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले ब्यवसायीहरुमा परिवर्तन भएको करको नीति तथा लेखा ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास सहित अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

बाणिज्य उपाध्यक्ष बाबुराम आचार्यको स्वागत तथा सचिव मनिष पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।अभिमुखिकरणमा करिब २ सय ब्यवसायी सहभागी रहेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।