ताजा अपडेट »
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरीकाकाे मेरील्यान्डमा हुदै, आवेदन खुला

मंगलबार, ०४ मंसिर २०८१, ०६ : १२
40 Shares
मंगलबार, ०४ मंसिर २०८१
40 Shares

काठमाडाैं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण २०२५ जुन १९  देखि २२ सम्म हुनेभएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने आठौँ  अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ। चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्।

NAIFF2025

अमेरिकाका वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन्। स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिवल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएका चलचित्रहरू आगामी २०२५ को संस्करण  पनि समावेश हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित  समितिले आवेदन परेका मध्येबाट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशालासमेत हुनेछन्। हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।