ताजा अपडेट »

साढे ६ अर्ब लगानीमा अन्नपूर्ण स्क्वायर होटल बन्दै, अध्यक्ष गुरूङले गरे भूमिपूजा

सोमबार, ०३ मंसिर २०८१, २१ : ०३
512 Shares
सोमबार, ०३ मंसिर २०८१
512 Shares

बुटवल। नेपालकै चर्चित तथा सबैभन्दा ठुलाे चेन सुपरमार्केट भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङको लगानीमा काठमाडौँको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर प्रालि नाममा पाँचतारे लग्जरी हाेटल सञ्चालनमा आउने भएको छ । 

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र  लिटिल एन्जलसका सञ्चालक उमेश श्रेष्ठ समूहको लगानीमा बन्ने यो हाटल अन्नपूर्ण स्क्वायर प्रा.लि. र आईटीसी हस्पिटालिटी बीच साझेदारी भएको करिब २ महिनापछि शिलन्यास गरिएको हो । भाटभटेनी सुपर स्टोरका सञ्चालक तथा अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष समेत रहेका मीनबहादुर गुरुङले सोमबार हिन्दु परम्परा अनुसार पूजापाठ सहित भूमि पूजा गरेर हाेटलकाे शिलन्यास गरेका हुन् ।

1

भुमिपुजा गर्दै अध्यक्ष गुरुङले भने- 'व्यवसाय एउटा पाटो भयो, मुख्य कुरा रोजगारी सिर्जना पनि हो, नेपालमा केही छैन होइन धेरै नै गर्न सकिन्छ,असल मनसायका साथमा गरिएको कामले अवश्य सफलता दिन्छ, दृढ सङ्कल्प , इमानदारी र इच्छा शक्ति हुनुपर्छ, नेपालमा अवसर धेरै नै छ ।'

अध्यक्ष गुरुङले यो सञ्चालन आए सँगै करिब ५०० भन्दा बढी नेपालीलाई नेपालमा नै  रोजगारी दिने तथा  राज्यलाई पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने लक्ष्य समेत  रहेको बताए । उनले भने- 'यो मेरो लागि र हाम्रो लागि यो ठुलो कुरा हो, हजारौँ नेपाली रोजगार को लागि आफ्नो परिवारलाई छोडेर विदेशी रहँदा अलि कति भए नि केहीलाई रोजगार दिनु नै मुख्य हाम्रो उद्देश्य हो।'

छ
 
२५ तलाको संरचनासहितको होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा बन्ने यो हाेटलमा ३५० कोठा रहने छन् । यसमा  ४० कोठा अपार्टमेन्ट बन्नेछ भने होटल परिसरमा बहुउद्देशिय बिजनेस कम्प्लेक्स पनि बन्ने छ । यो होटेल निर्माणमा करिब साढे ६ अर्ब खर्च हुने कम्पनीको अनुमान छ । होटेल २०८५ देखि सञ्चालनमा ल्याउने गरी तयारी रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

दरबारमार्गको ५ तारे होटल डेल’ अन्नपूर्णलाई   पुरै भत्काएर नयाँ संरचना सहितको लगजरी हाटले बनाउन लागिएको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जलसका सञ्चालक उमेश श्रेष्ठ समूहले  दरबार मार्गको  'डेल अन्नपूर्ण'  होटलको बहुमत सेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्क्वायरका नाममा नयाँ ब्राण्डिङ गर्दै भारतीय प्रिमियम ब्राण्ड आइसिटी वेलकमकाे व्यवस्थापनमा सञ्चालन गर्न लागिएको  हो ।

467342369_8817188508323996_3617582868345232788_n

यस हाेटललाइ  गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य राखेको बताए । उनले यो होटललाई नेपालको लगजरी आतिथ्यताको होटल बनाउने पनि बताए । गुरुङले भाटभटेनी सानो क्षेत्रबाट सुरु गरेर अहिले देशव्यापी बनाएको कथासँग जोडेर होटललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।