काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आफ्नोे जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ । क्लबले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जर्सी सर्बजनिक गरेको हो ।
साथै क्लबले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडर बनाएको छ । गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बेसडर बनाएको हो । जर्सी क्ल्वका तीन जना मालिकहरूउपेन्द्र महताे, अरूण शाह तथा कैलास सिराेहीयाकाे उपस्थितिमा ब्रान्ड एम्बेसडर इन्दुसँगै पूर्व मिस नेपाल शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले सार्वजनिक गरेका हुन् ।
‘काठमाडौं गुर्खाज’काे टाइटल स्पाेन्सर बिवाइडी रहेकाे छ ।
प्रतिक्रिया