ताजा अपडेट »
स्थानीय तहको उपनिर्वाचन

स्थानीय तह उप-निर्वचन: ४४ पदका लागि ४०७ जना मैदानमा, कहाँ काे-काे छन् (सूचीसहित)

दलबाट २८६ जनाकाे उम्मेद्वारी रहदा स्वतन्त्रबाट १२१ जना भिड्दै

सोमबार, ०३ मंसिर २०८१, ०७ : ३०
110 Shares
सोमबार, ०३ मंसिर २०८१
110 Shares

काठमाडौं । यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर कुल ४०७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार साँझ आइतबार साझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा भित्र विभिन्न राजनीतिक दलबाट २८६ र स्वतन्त्रबाट १२१ गरेर ४०७ जनाको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार  ६४ जना महिला, ३४१ जना पुरुष र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको उम्मेदवारी दर्ता भएको सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिइन्। उनका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला, ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

यस्तै गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा रित्तः ८ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनानयन दर्ता भएको छ भने गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रित्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको मनोनयन दर्ता भएको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा बढी धनुषाको धनुषाधाम नगरपालिका-१ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ को वडा अध्इक्ष पद र बझांगको सुर्मा गाउँपालिका ४ को वडा अध्यक्ष पदमा तीन तीन जनाको मनोनयन दर्ता भएको छ जनाइएकाे छ।

nirwachannir 2

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।