ताजा अपडेट »

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, आकोशित स्थानीयले जलाए बस

आइतबार, ०२ मंसिर २०८१, १९ : ४७
266 Shares
आइतबार, ०२ मंसिर २०८१
266 Shares

विराटनगर । कोशी राजमार्गको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको ज्यान गएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले दर्जन सेल अँश्रुल ग्यास प्रहार गरेको छ ।

काकडभिट्टाबाट विराटनगर आउँदै गरेको प्रदेश १-०१-००१ ख ४५७४ नम्बरको नागरिक यातायात बसले इटहरीस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत सम्झना यादवलाई ठक्कर दिएको हो । बसको ठक्करका कारण यादवको घटनास्थलमा ज्यान गएको छ ।

ठक्कर दिएर भाग्न खोजेको बसलाई स्थानीयले खनार चौकमा नियन्त्रणमा लिएर आगजनी गरेका छन् । सोही क्रममा भीड नियन्त्रण गर्ने खोज्दा एक जना प्रहरीसमेत घाइते भएका छन् ।

घटनापछि खनार चौकको अवस्था तनावग्रस्त बनेको छ । बस चालक इलाका प्रहरी इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।