ताजा अपडेट »

‘रसायनको काम गर्ने व्यवसायीलाई सरकारले गलत नजरले हेर्यो’

आइतबार, ०२ मंसिर २०८१, १६ : ३५
34 Shares
आइतबार, ०२ मंसिर २०८१
34 Shares

बुटवल । राज्यले रसायनको काम गर्ने व्यवसायीलाई गलत नजरले हेर्दा व्यवसायीहरुले दुःख खेप्दै आएको  एक कार्यक्रममा बोल्ने वक्ताहरुले गुनासो गरेका छन् ।  रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल रुपन्देही  शाखाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा  बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै रसायन तथा मेडिकल आपूर्ती संघका केन्द्रीय अध्यक्ष भक्त हमालले रसायन तथा र्सजिकलको  कारोबार गर्नेहरुका लागि नियमन गर्ने  राज्यको छुटै निकाय जरुरी रहेको बताए । नेपालमा आयात गरिने रसायनको उत्पादन गर्ने तरिका र  क्वालिटी चेकजाँच  गनुपर्ने भन्दै राज्यले अन्ने बस्तुसरह केमिकल र रसायनलाई हेर्दा व्यवसायीहरुलाई समस्या परेको उनको भनाई छ।

अध्यक्ष हमालले भने हामीले पटक पटक राज्यका विभिन्न निकार्य सँगको छलफलपछि औषधि व्यवस्था विभागले केही दिन अगाडी रसायन तथा मेडिकल जन्यबस्तुको  व्यवसाय गर्ने व्यवसायीहरुलार्ई सुचिकृत गर्ने गरी सुचना जारी गरेर  व्यवसायीहरुलाई केही राहत हुने काम सूरु गरेको  बताए ।

पछिल्लो समय  देशभर वक्यौैता  रकमले व्यवसायीहरु अप्ठारोमा परेको गुनासो आएपछि नेपालमा रहेका ५ वटा स्वास्थ्य सस्थाहरु सँग मिलेर एउटा लुज फोरम बनाउने तयारी भइरहेको उनको भनाई छ  ।  केन्द्रिय  उपाध्यक्ष उमेश  लामिछानेले रसायनको कारोबार  गर्ने व्यवसायीहरु जिम्मेवार हुनु जरुरी रहेको बताए ।  मानिसको जिवनसँग प्रत्यक्ष सरोकार राख्ने बस्तु भएकाले यसको बेचबिखन गर्दा सावधानि हुनु आवश्यक रहेको बताए ।

रसायन तथा मेडिकल आपूर्ती संघ क्यामसन रुपन्देहीका अध्यक्ष बाबुराम भण्डारीले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्नेहरmलाई धन्यवाद दिँदै व्यवसाय केवल मानव जीवनको संरक्षण स्वास्थ्य उपचारसँग सम्बन्ध रहेको  बताए । यो व्यवसाय आफँैमा जोखिमपूर्ण रहेता पनि  राज्यले उपकरण खरिद बिक्री गर्नेको  नियमन गर्ने छुटै  निकाय नहुँदा व्यवसयीहरुले राज्यबाट नै दुःख पाएको दावी गरे ।    

अध्यक्ष मण्डारीले विभिन्न देशबाट सामान ल्याउँदा भन्सारमा फरक फरक मूल्य र पोड«क्ट कोडको फरक अर्थ लगाएर दुःख दिनेगरेको उनको भनाई छ । नेपाल  औषधी व्यवसायी संघका रुपन्देही अध्यक्ष खडक बहादुर बस्नेतले औषधि र  रसायन एक अर्काका पुरक भएकाले  रहेकाले  दुवै संस्था मिलेर जान आग्रह गरे  कार्यक्रममा कयाम्सन केन्दीय सदस्य अर्जुन रानाभाट बिजय खनाल , नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, औषधि व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लुकराज न्यौपाने र  क्यामसन दाङका अध्यक्ष बाल कुमार घर्ती मगर लगायतले भनाई राखेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।