ताजा अपडेट »

रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवसमा ३ दिने विशेष कार्यक्रम गर्ने

आइतबार, ०२ मंसिर २०८१, १३ : ५५
114 Shares
आइतबार, ०२ मंसिर २०८१
114 Shares

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४७ स्थापना दिवसमा उत्कृष्ट उद्योगी सम्मान, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदानसहितका विभिन्न कार्यक्रम गरी तीन दिन मनाउने भएको छ । २०३५ साल मंसिर १५ गतेदेखि औद्योगिक विकासमा निरन्तर क्रियाशील उद्योगीहरुको छाता संस्था रहेको संघले यही मंसिर १५ गते ४७ औं स्थापना दिवस मनाउँदै छ । 

संघले तीन दिने कार्यक्रममा १३ गते सघकै सदस्यहरुलाई क्रियाशील बनाएर सहभागिता गराउने गरी ब्याडमिन्टन प्रतियोगिता, १४ गते दीप प्रज्वलन, १५ गते बिहान रक्तदान तथा दिउँसो मूल समारोह कार्यक्रमको तयारी गरिएको संघका अध्यक्ष दिलिप सापकोटाले बताए । मूल समारोहमा विभिन्न क्षेत्रका अग्रज उद्ममी उत्कृष्ट उद्योगी सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान तथा छात्रवृत्ति वितरण गरिने उनले बताए । 

संघले गर्ने यी सबै कार्यक्रमका लागि फरक फरक संयोजनको जिम्मेवारी तोकिएको छ । अन्तर ब्याडमिन्टन प्रतियोगिताका लागि खेल संयोजक कार्यसमिति सदस्य बलबहादुर गोदार (बाल्दर), उद्योगी सम्मान तथा पत्रकारिता पुरस्कार छनौट समितिमा निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, रक्तदान कार्यक्रमको संयोजकमा कार्यसमिति सदस्य राजु घिमिरेलाई जिम्मेवारी तोकिएको अध्यक्ष सापकोटाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।