ताजा अपडेट »

विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ

शनिबार, ०१ मंसिर २०८१, १८ : ४१
44 Shares
शनिबार, ०१ मंसिर २०८१
44 Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेल क्षेत्रबाट नेपाली राजनीतिले नियममा बसेर काम गर्ने कुरा सिक्नुपर्ने बताएका छन् । शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुट्सल प्रतियोगिताका अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिले खेल क्षेत्रमा जसरी नै नियममा बाँधिनुपर्ने बताए । 

उनले भने, ‘खेलले हामी सबैलाई जोड्ने काम गर्छ, त्यसकारण आज यो खेल भइरहेको छ । म जे मा पनि रमाउने मान्छे हो । जसरी हामी खेल खेल्दा नियममा बाधिएर खेल्छौ त्यसरी नै राजनीतिमा पनि नियममा बसेर काम गर्नुपर्छ । खेलबाट राजनीतिले केही सिक्नुपर्छ ।’ 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।