ताजा अपडेट »

वस्तु व्यापारमा बढी कर तिर्ने कम्पनी बन्यो भाटभटेनी : सरकारद्वारा सम्मान

शनिबार, ०१ मंसिर २०८१, १० : २३
182 Shares
शनिबार, ०१ मंसिर २०८१
182 Shares

काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको हो । 

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा सम्मानित गरेको हो ।भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । 

अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए । मुलुककै ठूलो चेन मार्केट भाटभटेनीको देशभर २७ वटा शाखा सञ्चालनमा आएका छन् भने थप २ वटा शाखा सञ्चालनका लागि निर्माण कार्य भैरहेको छ । पोखराको तालचोकमा भूमि पुजन गरेर २८ औँ स्टोर सञ्चालनको तयारी गरेको भाटभटेनी सुपरमार्केट्सले चितवनमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।