ताजा अपडेट »

बुटवलको आयोजनामा मुख्य सडक सरसफाइ अभियान निरन्तरता

शनिबार, ०१ मंसिर २०८१, ०८ : २७
42 Shares
शनिबार, ०१ मंसिर २०८१
42 Shares

बुटवल । बुटवल उपमहानगर पालिकाको आयोजनामा मुख्य सडक सरसफाइ अभियानलाई निरन्तरता दिएको छ।

हरेक हप्ताको शुक्रबार बुटवल उपमहानगर पालिकाको आयोजनामा हुदै आएको जैकुटि देखि चिडिया खोला सम्म र बुटवल उपमहानगर पालिका भित्र पर्ने मुख्य सडक सरसफाइको कामलाइ शुक्रबार पनि निरन्तरता दिएको हो। नगरपालिकाको अहिले सडक सरसफाइ तथा उज्यालो बुटवल बनाउने अभियान अन्तरगत शुक्रबार सिद्धार्थ राजमार्गको गोलपार्क देखि ट्राफिकचोक सम्म सरसफाइ गरियको हो।

सरफाइको अगुवा गर्दै आएका  बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले टोल समितिको आयोजनामा नमुना काम अन्तर्गत हरेक शनिबार सरसफाइ कार्यक्रम चलिरहेकोर  नगरपालिकाको बृहत राजमार्ग सरसफाइ र उज्यालो बुटवल कार्यक्रम चलिरहेको बताए।

बुटवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रा देवि अर्यालले बुटवल आफ्नो फ़ोहोर आफै ब्यबस्थापन नगर्दा सम्म मानिसहरु सडकमा उतारेर मात्रै सडक सफा नहुने र नगरपालिकाबाट फोहोर गर्नेलाई कार्बाहिको दायरामा ल्याउन कार्यबिधि तयार भएको बताउदै अब फोहोर गर्ने लाइ पाँच सय रुपैयाँ जरिवाना गर्ने बताए।

सरसफाइ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रसासकिय प्रमुख तथा विभिन्न शाखा प्रमुखहरु, नेपाल प्रहरि, शसत्र प्रहरी बल, नगर प्रहरि, कर्मचारी, लगाएत विभिन्न सघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सरसफाइ अभियान दुई महिना देखि निरन्तर चलिरहेको खगेश्वर शर्माले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।