ताजा अपडेट »

भलिबल खेलाडी उषा भाटभटेनीको ब्राण्ड एम्बास्डर

शनिबार, ०१ मंसिर २०८१, ०८ : ०९
82 Shares
शनिबार, ०१ मंसिर २०८१
82 Shares

बुटवल । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी नेपालकै ठूलो चेन मार्केट भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो ।

सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो।कार्यक्रममा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टि टेनका हेड अफ बिजनेस डेभलपमेन्ट आलोकजंग जोशी र उषाबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

भाटभटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने छ । उनले हरेक महिना ८३ हजार ३ सय ३३ रूपैयाँ प्राप्त गर्ने भाटभटेनीले जनाएको छ । टि टेनले भने ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

भाटभटेनी सुपर मार्केटका डाइरेक्टर गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।