ताजा अपडेट »
माैषम पूर्वानुमान

देशभर पश्चिमी वायुको प्रभाव कायमै, तराईमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना

शनिबार, ०१ मंसिर २०८१, ०७ : ४२
52 Shares
शनिबार, ०१ मंसिर २०८१
52 Shares

काठमाडाैं । आज मंसिर १ गते शनिबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ रहेकाे तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भूभागका केही स्थानमा अहिले बाक्लो हुस्सु रकुहिरो लागीरहेकाे छ।  दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा दिउँसो आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। 

आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने दिउँसो हल्का वर्षाको पनि सम्भावना रहेको बताइएको छ। आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे हाे ।

 कस्तो रहला आइतबार र सोमबारको मौसम

२०८१ मंसिर २ गते आईतबार ः 

आइतबार दिउँसो  कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर ३ गते सोमबारः

साेमबार दिउँसो  कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ भने राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको संभावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।