ताजा अपडेट »

नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू

शुक्रबार, ३० कार्तिक २०८१, १३ : २६
46 Shares
शुक्रबार, ३० कार्तिक २०८१
46 Shares

काठमाडौं । पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत निर्यातको उद्घाटन गरिएको छ।

भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएको हो । उद्घाटनसँगै विद्युत आज रातिदेखि बंगलादेश निर्यात हुनेछ ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोग ९सीईआरसी० अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको ऊर्जा मन्त्रालयले  जनाएको छ । यससँगै नेपाल( बंगलादेशबीच विद्युत व्यापार औपचारिक रुपमा सुरुवात भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।