ताजा अपडेट »

गैडहवा गाउँपालिकामा कपडा बैंक शुभारम्भ

विहीबार, २९ कार्तिक २०८१, १४ : २८
64 Shares
विहीबार, २९ कार्तिक २०८१
64 Shares

गैडहवा । गैडहवा गाउँपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको ब्यबस्थापनमा  क्लोथ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्तालाई पालिकाको मूल गेट अगाडि रहेको कपडा बैंकमा लगेर जम्मा गर्न सकिनेछ ।

संकलित कपडा, किताब, जुत्ता, झोलालाई क्लोथ एन्ड फुड बैंकले रिसाइकल (पुन चक्रण) गर्नेछ ।रिसाइकल गरिएका कपडा लगायतका सामानलाई आकर्षक प्याकेज गरी बैंकले आफ्नो शो–रुममा राख्नेछ र आवश्यक पर्ने जो कोहीले शो रुममा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् छन  ।

साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घर घरमै कपडा र झोला वितरण गर्दै आपत विपतमा परेको घर परिवारलाई समेत सहयोग गर्दै आएको क्लोथ बैंक केन्द्रिय अध्यक्ष कमल जि. सि. ले जानाकारी गराए । उनका अनुसार बैंकले ‘रिसाइकल’का लागि तिलोत्तमा नगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको र हालसम्म १६० बढी स्थानीय पालिकासँग सहकार्य भएको छ । 

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतित्यथामा भएको कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष पौडेलले कपडा बैंकलाई आगामी दिनमा थप प्रवर्द्धन गर्न वडा तहमा विस्तार गर्न गाउँपालिकाले  सक्दो सहयोग गर्ने बताए । यसका लागि समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको उनले औल्याए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।