ताजा अपडेट »

जुम्लामा निःशुल्क कान शिविर

विहीबार, २९ कार्तिक २०८१, १० : २८
76 Shares
विहीबार, २९ कार्तिक २०८१
76 Shares

जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए ।

गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका  सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताउनुभयो । पालिकाले अन्य स्थानमा पनि  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।