ताजा अपडेट »

भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्सबाट एनपिएल खेल्ने

विहीबार, २९ कार्तिक २०८१, ०९ : १६
128 Shares
विहीबार, २९ कार्तिक २०८१
128 Shares

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट नेपाल प्रीमियर लिग (एनपीएल) खेल्ने भएका छन् । कर्णाली याक्सले उनलाई एनपीएलका लागि अनुबन्ध गरेको जानकारी बिहीबार बिहान सार्वजनिक गरेको छ । धवन एनपिएल खेल्ने हालसम्म कै ठूलो नाम हो ।

उनले गत भदौमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । धवनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२०आई खेल खेलेका छन् । उनले २६९ खेलमा २४ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

कर्णालीमा आबद्ध भएका धवनले सम्झौताअनुसार कम्तीमा ४ खेल खेल्नेछन् । ४ वटा खेल अनिवार्य खेल्ने र अरू खेल परिस्थिति हेरेर खेल्ने गरी बुधवार धवन र कर्णाली याक्सबिच सम्झौता भएको स्रोतले जनाएको छ ।

कर्णालीमा अनुबन्ध भएपछि धवनले भने, ‘नमस्ते नेपाल । म आउँदै छु नेपाल प्रिमियर लिग खेल्नको लागि कर्णाली याक्सबाट, तपाईँहरूसँग मिल्नको लागि, कुरा गर्नको लागि ! तयार हुनुहोस्।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।