ताजा अपडेट »

गण्डकी प्रदेशकी सांसद गौचनको निधन

विहीबार, २९ कार्तिक २०८१, ०८ : ४५
58 Shares
विहीबार, २९ कार्तिक २०८१
58 Shares

काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको  गएराती नै निधन भएको हो ।

डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको  पारिवारिक स्रोतले जनाएको छ । उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।