ताजा अपडेट »

कांग्रेस उपसभापति गुरुङसँग सिआईबीले लियो ५ घण्टा लामो बयान

बुधबार, २८ कार्तिक २०८१, १८ : १८
146 Shares
बुधबार, २८ कार्तिक २०८१
146 Shares

काठमाडौं । नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई मितेरी सहकारी ठगीबारे प्रहरीले ५ घण्टा लामो बयान लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए ।

ललितपुर महानगरपालिका वडा नम्बर-५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा  २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्– ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो ।’ 

धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् । उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ ।  मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ । बुधबार मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म गुरुङलाई प्रहरीले सोधपुछ गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।