ताजा अपडेट »

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

बुधबार, २८ कार्तिक २०८१, १८ : ०१
182 Shares
बुधबार, २८ कार्तिक २०८१
182 Shares

काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपका लागि युएईलाई हराउँदै छनोट भएको हो ।

नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनायो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो ।

नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा खेल्ने छ । नेपालले ६ खेलबाट १० अंक जोड्यो । समान अंक भएको यूएई नेटरनरेटमा पछाडि पर्यो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पुजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् बलिङमा नेपालकी  कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २/२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए ।

एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।