ताजा अपडेट »

सिद्धार्थनगरमा कृषकलाई उन्नत गहुँको बीउ बितरण

बुधबार, २८ कार्तिक २०८१, १५ : ४६
50 Shares
बुधबार, २८ कार्तिक २०८१
50 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुँको बीउ बितरण सुरु गरेको छ । नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बीउ बितरण सुरु गरेको हो । 

जात नखुलेका बीउ बिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धी गर्ने उदेश्यले बिउ बितरण गरीएको सिद्धार्थनगर नगरपालीकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए । बजारमा पाईने कमसलखालका बिउ लगाउदाँ दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षीत गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरीएको उनले बताए । कृषकको कृषी योग्य जमीनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागीएको हो । 

नगरपालीकाका कृषी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवका अनुसार बितरणको लागी कृषी सामग्री कम्पनीबाट आठसय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैया पर्छ, भने यसमा नगरपालीकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।   
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।