ताजा अपडेट »

कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

बुधबार, २८ कार्तिक २०८१, १५ : २४
26 Shares
बुधबार, २८ कार्तिक २०८१
26 Shares

जुम्ला । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिएका छन् । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  प्रथम दीक्षान्त समारोहमा उनले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन  प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए । 

उनले भने, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ ।  मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ ।” स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिए ।

संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।  दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएका थिए ।  

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाघटन गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।