ताजा अपडेट »

देवीघाटमा भक्तजनको घुइँचो

मंगलबार, २७ कार्तिक २०८१, १४ : १३
8 Shares
मंगलबार, २७ कार्तिक २०८१
8 Shares

त्रिशूली । हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ ।

सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाट स्थित मेलामा दश हजार भन्दा बढीले त्रिशूली गङ्गा स्नान, जालपादेवी मन्दिरको दर्शन, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेको मन्दिरका पुजारी रणबहादुर चित्रकारले जानकारी दिए। 

देवीघाट स्थित तादी र त्रिशूली नदीको सङ्गम स्थलमा विभिन्न जिल्लाबाट ल्याइएको एकसय बढी रथ, छत्र र फूलको डोली त्रिशूली नदी तारिएको छ । साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा पु¥याइएको फूलको डोली रातभर पूजा गरी बिहान सूर्योदयसँगै तार्न सुरु गरिएको देवीघाट–जाला क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए।

हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोट र रसुवाको सङ्गम स्थल उत्तरगंगामा बेत्रावतीसहित दुप्चेश्वर महादेवको मन्दिर, किस्पाङ स्थित फिकुरी मन्दिर लगायतका स्थानमा मेला लाग्ने गर्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।