ताजा अपडेट »

बुटवलमा नामीको प्रिमियम र स्मार्ट इभी सार्वजनिक

मंगलबार, २७ कार्तिक २०८१, १३ : ०४
52 Shares
मंगलबार, २७ कार्तिक २०८१
52 Shares

बुटवल । नेपालका लागि डोंगफेंग इभीको आधिकारिक विक्रेता एमएडब्लू बृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । सोमबार तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजित एक औपचारिक कार्यक्रमका बीच नामीको इभी सार्वजनिक गरिएको हो । 

नामी इभीको सार्वजनिक कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विश्वको वातावरण संरक्षण तथा मुलुकको आर्थिक समृद्धिका लागि अब विद्युतीय सवारीको प्रयोगलाई जोड दिए । मुलुकमा नविकरणीय उर्जा जलविद्युतको उत्पादन वृद्धि गरी पेट्रोलियम पदार्थको आयातलाई कम गर्दै आर्थिक समृद्धिमा लाग्नु पर्नेमा जोड दिए । तिलोत्तमा नगरपालिकाले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्नका लागि उत्पादक कम्पनीहरुले माग गरेको अवस्थामा चार्जिङ स्टेशन स्थापनाका लागि आवश्यक सहजीकरण गरिने प्रतिवद्धता गरे । 

एमएडब्लु वृद्धिका विजनेश हेड प्रशन्न पन्तले नामी इभीको फिचर्स बारे चर्चा गर्दै सवारी किन्ने निर्णय गर्नुअघि त्यो ब्राण्डको लेगेसीबारे जान्नुपर्नेमा जोड दिए । सप्लायर्स कम्पनी तथा आफूले सवारी किनेर प्रयोग गरिसकेपछि प्राप्त गरिले सर्भिसका बारेजमा समेत सचेत हुनु पर्ने उल्लेख गरे । सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने उनको दाबी छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो रहेको र प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्टर सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएको पन्तले जानकारी दिए ।

नामीचे नाफ्ना सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको बताउँदै विजनेश हेड पन्तले यसका करियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित रहेको दाबी गरे । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितका पेसेन्जर ड्रअर लगायतका विशेषता रहेको जानकारी गराए । 

डोंगफेंग बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाविलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको उल्लेख गरे । उनले विक्री मात्र होइन विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुने उनले बताए । 

यो फ्युभरिस्टिक ह्याचब्याक इभी प्रेमीलाई सुहाउने गरी नामी ई १, नामी ई २ र नामी ई ३ गरी तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको मुल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँसम्म रहेको छ । नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्बको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाष्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।

एमएडब्लु बुद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड«ाइभ स्याम्पको आयोजना समेत गर्दैछ। बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिवजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउने बताइएको छ । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।