ताजा अपडेट »

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’

मंगलबार, २७ कार्तिक २०८१, ११ : ५६
3.80K Shares
मंगलबार, २७ कार्तिक २०८१
3.80K Shares

बुटवल । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ ।

बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

उता, पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन् । प्रहरीले रास्वपा अध्यक्ष रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याउँदै छ । तर, जहाज उड्न नसक्दा उक्त टोली समेत पोखराबाट अझै उड्न सकेको छैन ।

जहाजमा चढिसकेको रविसहितको टोली फेरि विमानस्थल टर्मिनलमा फर्किएको छ । भैरहवामा भिजिबिलिटी नहुँदा जहाज जान नसकेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।