ताजा अपडेट »

विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै

मंगलबार, २७ कार्तिक २०८१, १० : ३९
70 Shares
मंगलबार, २७ कार्तिक २०८१
70 Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बोलाइएको छ। बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । 

 मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने विषयमा सहमति जुट्न सकेको थिएन । 

 मन्त्रिपरिषद्को बैठकले गत आइतबार  टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । आजको बोर्ड बैठकमा यही विषयमा छलफल हुन लागेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।