ताजा अपडेट »
मुख्यमन्त्री आचार्यकाे चीन भ्रमण

मुख्यमन्त्री आचार्य सहीतकाे टाेली चीन प्रस्थान

मंगलबार, २७ कार्तिक २०८१, ०६ : ३५
56 Shares
मंगलबार, २७ कार्तिक २०८१
56 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य सिहतकाे टाेली त्यस तर्फ प्रस्थान गरेकाे हो । मुख्य मन्त्री आचार्य चाइना एयरलाइन्सकाे ५:५५ बजेकाे फ्लाइट मार्फत त्यस तर्फ प्रस्थान गरेकाे मुख्यमन्त्रीकाे निजि सचिवालयले जनाएको छ ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्य सहित काे ७ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको भ्रमणदलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा सहभागी छन ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।

मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रीपरिषद् बैठकले पनि अनुमती दिएको थियो । यस अघि कार्तिक २० गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले लुम्बिनी प्रदेश तथा  सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।