ताजा अपडेट »

व्याडमिण्टन प्रतियोगिता : नेपाल र ढुङ्गानाको जोडी प्रथम

सोमबार, २६ कार्तिक २०८१, ०९ : २५
100 Shares
सोमबार, २६ कार्तिक २०८१
100 Shares

बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतवार बुटवलमा संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तनुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुङ्गानाको जोडी प्रथम भएको छ । 

प्रतियोगितामा युवा उद्यमी उपसमितिको जोडी टिकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजिवत गर्दै नेपाल र ढुङ्गानाको जोडी पहिलो भएको हो । यसैगरि जुत्त चप्पल र व्याग उपसमितिको जोडी सनम थापा र कृष्णबहादुर राना तथा किरण राना र सुरज खनाल तेस्रो भएका छन् । संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा विभिन्न उपसमितिका २० जोडी सहभागी रहेका थिए । हार्डवेयर र जत्ताचप्पल वस्तुगत उपसमितिको सहकार्यमा भएको प्रतियोगिता बुटवल व्याडमिण्टन क्लबको कर्वडहलमा आयोजना गरिएको थियो भने मुख्य रेफ्रीको भूमिका अर्जुन कार्कीले निभाएका थिए । 

प्रतियोगिताको उद्दघाटन संघका पूर्व अध्यक्ष यमलाल लोहनीले गरेका थिए । उद्दघाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम हकार्डवयर वस्तुगत समितिका संयोजक पारशमणी पोखरेलले गरेका थिए ।

संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साता व्यापी कार्यक्रम अनुसार कार्तिक २६ गते सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण तथा प्रभातफेरी कार्यक्रम गरिने जनाइएको छ । सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ । रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।