बुटवल । विश्वकै उत्कृष्ट चारपाङ्ग्रे सवारी उत्पादक चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले ईभिको नयाँ अप्सनका रुपमा डिपलका दुई मोडल चारपाङ्ग्रे सवारी आईतबार औपचारिक रुपमा लन्च गरिएको हो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले डिपल एल जिरो सेभेन र डिपल एसजिरो सेभन दुई सवारी लन्च गर्दै बजारमा ईभि सवारीको क्रेज बढ्दो रहेको बताए । ईभि गाडीको विश्वासनीयतालाई कायम राख्नेगरि बिक्रेताहरुले सेवा दिनुपर्ने उनले सुझाव दिए । स्थानीय पालिका ईभिको सेवाप्रती सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको उनले बताए । आम उपभोक्ताको माग र चाहना अनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानीय सरकारले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले संसारमा नै सबैभन्दा धेरै फिचर भएको सवारीका रुपमा चांगान कम्पनीले पहिचान बनाएको दाबी गरे । १६० वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको चांगानले दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढी फिचरहरु रहेको उनले दाबी गरे । अहिलेसम्मकै बढी ५४० किलोमिटर माईलेज यसमा रहेको छ । कार्तिक २७ गते बुटवलमा लुम्बिनी प्रदेशकै ठूलो एक्सचेन्ज एण्ड टेष्ट ड्राईभ क्याम्पको आयोजना क्लब डेनेभोमा राखिएको उनले बताए ।
कार्यक्रममा डिप्पलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरुमा यो उपयुक्त लागेको बताए । यसअघि चलाएका सवारीभन्दा फरक अनुभुति पाएको उनले बताए । पेट्रोलियम ईन्धन सवारी छोडेर ईभिमा आउँदा धेरै बलियो सोच बनाउनुपर्ने भन्दै यसको आकर्षक मोडल कै कारण चढेको बताए ।
कार्यक्रममा एमएडब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभि कारको माग बढ्दो रहेको बताए । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढी ईभि गाडी भित्रिएको उनले दाबी गरे । ‘भित्रिएका सवारी एउटै प्रकारको र गुणस्तरीय भने छैन ।’—उनले भने । नेपालमा सवारी भित्राउदा विक्रिपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताबाट खरिद गर्दा समेत यसमा विशेष ध्यान दिन उनले सुझाव दिए । एमएडब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्राउने र गुणस्तरीयताका रुपमा पहिचान बनाएको उनले दाबी गरे । ६ महिना अघि काठमाडौंमा लन्च भएको यो गाडी ६ सय बढी गाडी बिक्रि भएको छ । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन पुगेका छन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरित क्रान्तिको कुरा गरिरहँदा समयसापेक्ष यो सवारी भएको बताए । विद्युतिय उर्जा अबको समयको माग अनुसार बिस्तारै बढेको भन्दै उनले नयाँ पुस्तामा ईभि सवारी आकर्षक भएको बताए । राष्ट्रिय अर्थतन्त्रलाई समेत उकास्न यो नयाँ प्रविधि उपयोगी हुनेमा उनले आशा ब्यक्त गरे । कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नयाँ ब्यवसायी भित्रदा आशा र उर्जा जागेको बताए ।
प्रतिक्रिया