ताजा अपडेट »

मानव तस्करीमा जोडिएका प्रदेश सांसद अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

आइतबार, २५ कार्तिक २०८१, १६ : ५७
58 Shares
आइतबार, २५ कार्तिक २०८१
58 Shares

काठमााडौँ । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो।

विराटनगरस्थित सांसद अधिकारीको घरबाट प्रहरीले पक्राउ गरी आइतबार काठमाडौं ल्याइएको हो। उनलाई परिसरको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन पुगेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।