ताजा अपडेट »

कालीकोटामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु, उद्धारका हेलिकोप्टर घटनास्थलमा

आइतबार, २५ कार्तिक २०८१, १६ : ५२
384 Shares
आइतबार, २५ कार्तिक २०८१
384 Shares

कालीकोट । कालीकोटको पलाता गाउँपालिका ३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । 

गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।

पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।

 कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।