ताजा अपडेट »
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

नेपाल एअरलाइन्सकाे पनि भैरहवा–दुबई उडान पुनः सुुरु, साताको चार दिन नियमित उडान भर्ने

आइतबार, २५ कार्तिक २०८१, ०७ : ३५
72 Shares
आइतबार, २५ कार्तिक २०८१
72 Shares

भैरहवा। नेपालकाे राष्ट्रिय ध्वजावाहक वायु सेवा नेपाल एअरलाइन्सले पनि  भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल सञ्चालनपछि मलेसिया उडान सुरू गरेर उडान स्थगित गरेको नेपाल एअरलाइन्सले पुनः शनिवार रातिदेखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान सुरु गरेको हो । 

एअरलाइन्सले शनिबार राति ११ बजे काठमाडौंबाट १५८ जना यात्रुसहित उडान भरी भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे । भैरहवा विमानस्थलमा अवतरण गरेपछि उक्त  जहाजलाई पानीको फोहोराले  स्वागत (वाटर स्यालुट) गरिएको थियो । साे  एअरलाइन्स पौने १२ बजे भैरहवाबाट  सिधा दुबई प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता दीपक बज्राचार्यले बताएका छन् । 

ra

प्रवक्ता बज्राचार्यका अनुसार नेपाल एअरलाइन्सले अब  उक्त रुटमा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रवार नियमित उडान भर्ने छ । एअरलाइन्सले  राति ९ः३० बजे काठमाण्डौंबाट उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण  गर्ने छ भने करिब आधा घण्टापछि  भैरहवाका यात्रु राखेर  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा दुबई प्रस्थान गर्ने तालिका छ ।

यो सँगै भैरहवा विमानस्थलबाट नेपाल एअरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एसिया गरी चारवटा वायु सेवाले व्यवसायिक उडान सुरु गरेका छन् । जसमध्ये थाइ एयर एशियाले शुक्रबारदेखि र अन्य तीनवटा एअरलाइन्सले शनिबारदेखि नियमित व्यवसायिक उडान सुरु गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।