ताजा अपडेट »
चितवन माइक्राेबस दुर्घटना

चितवन माइक्राेबस दुर्घटनामा नवलपुरका शिक्षक दम्पतीलेनै ज्यान गुमाए

मार्दीकाे ट्रेकिङ सकाएर घर फर्कदै थिए दम्पती

शनिबार, २४ कार्तिक २०८१, २१ : ३९
1.21K Shares
शनिबार, २४ कार्तिक २०८१
1.21K Shares

नवलपुर । नवलपुरका शिक्षक दम्पतीको दुर्घटनामा परेर निधन भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ-मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको माइक्रकाे बस दुर्घटनामा परेर ज्यान गुमाएका हुन ।

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस र पोखराबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको उनीहरू सवार इलेक्ट्रिक माइक्राे भ्यान ठक्कर खाँदा भुषाल दम्पती सहित अन्य ३ जनाले ज्यान गुमाउन पुगेका हुन । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा ज्यान गएको हो।

भुषाल दम्पति तिहार मनाएर मार्दी हिमालमा ट्रेकिङ गएका थिए । उनिहरू ट्रेकिङ सकाएर माइक्राेमा घर फर्कदै गर्दा दुर्घटनामा परेका हुन । मृतक दुवैजना शिक्षक हुन् र उनिहरू साेही वडामा रहेको मणिसिद्ध आधारभूत विद्यालय, धर्साहमा कार्यरत थिए। सन्तोष राहत कोटाको शिक्षकको रुपमा कार्यरत थिए भने सबिना करार शिक्षक थिइन्। उनिहरुका ९ वर्षका एक छोरी र ५ वर्षका एक छोरा छन ।

मृत्यु हुनेमा भुषाल दम्पतीसहित गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् । मृतक सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन ।

उक्त  दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान तीन बजे तिर माइक्रो बस र बस एक आपसमा ठोक्किएका थिए । गम्भीर घाइते एकजनाको भरतपुरमा उपचार भइरहेको छ । अन्य चार जना घाईते भने उपचारपछि डिसचार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।