ताजा अपडेट »
काेशीका मन्त्रीकाे जापान भ्रमण

मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारीलाई एमालेले गर्याे निलम्बन

शनिबार, २४ कार्तिक २०८१, २० : ०९
108 Shares
शनिबार, २४ कार्तिक २०८१
108 Shares

काठमाडाैं । मानव तस्करीको गम्भीर आरोप लागेका कोसी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारी पार्टीबाट निलम्बित भएका छन्। नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार मानव तस्करीको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनैपनि तहमा रहन नपाउनेगरी अधिकारीलाई निलम्बन गरिएको हो। 

काेशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेकाे विज्ञप्ति अनुसार ''प्रदेशसभाका सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय लिलाबल्लव अधिकारीले मन्त्रीको हैसियतमा केही दिन अगाडी बैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरु समेतको बेवास्ता गरी पदिय मर्यादा बिपरीत जापानको भ्रमण गर्नु भएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराईसकिएको कुरा सबैमा सार्वजानिक भइसकेकै छ'' ।

"नेकपा (एमाले) अबिचलित रुपमा कानुनी शासनको पक्षमा उभिदै आएको जिम्मेवार पार्टी भएको नाताले वहाँले गर्नुभएको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गंभिर आरोपका सम्बन्धमा शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्बजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गंभिरतापुर्बक ध्यानाकर्षण गराउदै माननीय श्री लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको जानकारी गराइन्छ ।" -विज्ञप्तिमा भनिएकाे छ ।
Lila-ballab_KqDEJlyMvE

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो।  एमालेले उक्त विषयसँग जोडिएर मन्त्री अधिकारीको नाम आएपछि राजीनामा गरिसकेको र अनुसन्धान हुँदै गरेको अवस्थामा पार्टीमाथि नै विभिन्न आरोप लगाइएको भन्दै ध्यानाकर्षण पनि गराएको छ। 

‘मन्त्री पदबाट वहाँले राजीनामा गरेसंगै वहाँको भ्रमणसंग जोडिएर वहाँको भ्रमण दलका सदस्यहरु प्रक्राउ परि अनुसन्धान भइरहेको अवस्थामा स्वयम निर्वतमान मन्त्री माथी मानव तस्करीको गंभीर आरोप लगाएर विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपा (एमाले) माथि समेत गम्भीर आरोप लगाउँदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरूलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको गंभिर ध्यानाकर्षण भएको पनि एमाले कोसीले जनाएकाे छ। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।