ताजा अपडेट »

व्यपार संघद्वारा आयोजित मैलीपूर्ण फुटसलको उपाधि खेलकुद पत्रकार मञ्च रुपन्देहीलाई

शनिबार, २४ कार्तिक २०८१, १८ : २१
66 Shares
शनिबार, २४ कार्तिक २०८१
66 Shares

बुटवल । रुपन्देही व्यापार संघले आफ्नो २५ वर्ष प्रवेशका अवसरमा आयोजना गरेको संघ–संस्था बीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपनदेहीले जितेको छ । विजेता मञ्चले नगद २५ हजारसहित शिल्ड प्राप्त गर्ने छ भने उपविजेताले नगद १५ हजारसहति शिल्ड प्राप्त गर्ने छ ।

संघले आफ्नो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनलाई फाइनलमा ४–१ गोल अन्तरले पराजित गर्दै खेलकुद पत्रकार मञ्च रुपन्देही विजेता हुन सफल भएको हो । फाइनलमा खेलकुद पत्रकार मञ्चले पहिलो हाफमा २ गोल गरेको थियो भने थप २ गोल दोस्रो हाफमा गरेको हो । 

विजेता बनेको खेलकुद पत्रकार मञ्चले फाइनल पुग्नु अगाडि भएका खेलमा रुपन्देही उद्योग संघलाई ६-१ तथा पश्चिम नेपाल बस व्यवसायी प्रालिलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विभिन्न १० वटा संघसंस्थाको सहभागिता रहेको थियो । 

pp

प्रतियोगिताको उद्घाटन संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले गरेका थिए । उद्घटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारी, सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम संयोजक प्रेमनाथ पाण्डेले गरेका थिए । संघले रजत महोत्सव अन्तर कार्तिक २२ गतेबाट सुरु गरेको साता व्यापी कार्यक्रम अन्तरगत २५ गते आईतबार संघमा गठित बस्तुगत उपसमिति बीच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता,  २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।

कार्तिक २७ गते प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिँदैछ । रजत महोत्सव अन्तरगतको मूल कार्यक्रम कार्तिक २८ गते मंगलबार आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।