ताजा अपडेट »

बुटवल स्वास्थ्यको हव बन्दै छ : सभामुख घर्ति

शनिबार, २४ कार्तिक २०८१, १४ : ०८
104 Shares
शनिबार, २४ कार्तिक २०८१
104 Shares

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताएका छन् । उनले शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव वन्दै गएको बताएका हुन् ।

बुटवलमा रहेको बुटवल हस्पिटल प्रा।लि।को स्थलगत अवलोकन गर्दै अब बुटवल वाट विरामी अन्यत्र जान नपर्ने बताए। निजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा।लि। सबै हिसाबले उपयुक्त वनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नु पर्ने बताए।

उनले बुटवल प्रा।लि।ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलवाट रिफर भएर भारत तथा काठमाडौ जाने विरामीहरुले धेरै दुखः र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाईछ । सो अवसरमा पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसावले उपयुक्त बनेको भन्दै यसले अझै आफुलाई स्पेसल हुने गरि फोकस गर्नु पर्ने बताए ।

उनले बुटवल हस्पिटल प्रा।लि।आएपछि विरामी हरहालतले उपचार पाउने विश्वास नागरिकमा वनाउनु पर्ने बताउनु भयो । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पुर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल वनेपनि यसको दिगो पनका लागि सबैको सहयोग आवस्यक पर्ने बताए। सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।