ताजा अपडेट »

गौतम बुद्ध विमानस्थलमा जजिराको विमान अवतरण, आजदेखि ४ विमान कम्पनीले उडान भर्ने

शनिबार, २४ कार्तिक २०८१, ११ : ३६
1.22K Shares
शनिबार, २४ कार्तिक २०८१
1.22K Shares

बुटवल  ।  केही समययता उडान रोकेको जजिरा एयवरेवजको शनिबार आफ्नो विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

०७९ जेठ २ मा जजिराले यहाँबाट पहिलो उडान भरेपनि बीचमा विभिन्न कारण देखाउँदै रोकेको थियो । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ । आज नै जजिरासहित तीन विमान कम्पनीले यहाँबाट उडान भर्नेछन् ।

निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।