ताजा अपडेट »
चलचित्र 'ह्रस्व दीर्घ' प्रिमियर

‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजिनक, प्रिमियरमा भारतीय कलाकार प्रदीप रावत र ब्रम्हानन्दम नेपाल आउदै (भिडीयाे)

शुक्रबार, २३ कार्तिक २०८१, ०९ : ०४
166 Shares
शुक्रबार, २३ कार्तिक २०८१
166 Shares

बुटवल । दक्षिण भारतीय कलाकार प्रदीप रावत, ब्रम्हानन्दम र अली चलचित्र 'ह्रस्व दीर्घ'काे  प्रिमियरमा काठमाडौँ आउने भएका छन् । चलचित्रको प्रिमियर २९ कात्तिकमा हुँदैछ ।  ३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रकी निर्माता तथा अभिनेत्री नीता ढुंगानाले तीनैजना कलाकार नेपाल आउने जानकारी दिएकी हुन  । ‘गजनी’ फेम्ड रावत २७ कात्तिकमा काठमाडौँ उत्रनेछन् । ‘अहिलेसम्म तीनैजना आउने निश्चित भएकाे अभिनेत्री नीताले बताइन।

बुधबार मात्रै नेपाली र दक्षिण भारतीय चलचित्रका चर्चित कलाकारहरू अभिनीत  'ह्रस्व दीर्घ' को ट्रेलर समेत  सार्वजनिक गरिएको छ। काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो। सार्वजनिक ट्रेलरमा प्रेम, इमोशन र एक्सनलाई प्राथमिकता दिइएको छ। चलचित्र नेपाली संगै हिन्दी तथा दक्षिण भारतिय भाषामा समेत प्रर्दशन हुने छ ।

हरिहर अधिकारी र निता ढुंगानाको मुख्य अभिनय रहेको चलचित्रमा चर्चित दक्षिण भारतीय कलाकारहरू ब्रह्मानन्दम, प्रदिप रावत, अली का साथमा कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्माका  विपना थापा, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारहरूको अभिनय छ। 

चलचित्रमा अभिनेत्री ढुंगानाको लगानी रहेको छ।  चलचित्रको निर्मात्री नीता ढुंगाना हुन् भने कथा तथा पटकथा नयायक हरिहर अधिकारी स्यमंको रहेको छ । चलचित्रकाे संवाद भने प्रतिक पौडेलले लेखेका हुन्। चलचित्रलाई भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्। चलचित्रको कुल बजेट ६ करोड रहेको बताइएको छ।

निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय लगानी हुन्। चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।