ताजा अपडेट »

नारायणगढ-मुग्नि सडकमा भयानक दुर्घटना : ४ जनाको मृत्यु, ६ घाइते

शुक्रबार, २३ कार्तिक २०८१, ०७ : ४०
4.93K Shares
शुक्रबार, २३ कार्तिक २०८१
4.93K Shares

चितवन । चितवनको भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा गयराती बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । 

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस राती करिब ३ बजेको समयमा एक–आपसमा ठोक्किएका हुन् । दुर्घटनामा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भेसराज रिजालले जानकारी दिए । 

हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।