ताजा अपडेट »
विश्वकप एसिया छनोट

नेपालको सानदार जित, कुवेत २२ रनमै रोकियो

विहीबार, २२ कार्तिक २०८१, १४ : ०७
224 Shares
विहीबार, २२ कार्तिक २०८१
224 Shares

बुटवल । नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको छ । नेपालले दिएको १३० रनको लक्ष्यसहित मैदानमा उत्रिएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रनमा समेटिएको हो । 

नेपालको जितका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान २÷२ विकेट लिए भने पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले ११ विकेट लिए । कुवेतका लागि फिजा जिलानीले १२ रन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । यसअघि युएईको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् ।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए । कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए । 

यो जितसँगै नेपाल अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा घरेलु टोली युएईसँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अब नेपालले घरेलु टोली युएईको सामना गर्न बाँकी छ । 

४ टोलीको सहभागिता रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।