ताजा अपडेट »

एसिया छनोट यू-१९ महिला क्रिकेट : नेपालद्वारा कुवेतलाई १३१ रनको लक्ष्य

विहीबार, २२ कार्तिक २०८१, १३ : ०१
114 Shares
विहीबार, २२ कार्तिक २०८१
114 Shares

बुटवल । नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।

युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको छ। नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् ।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए । कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

४ टोलीको सहभागिता रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।