ताजा अपडेट »

गिद्धमा ट्रान्समिटर जडान गरी अध्ययन सुरु

आइतबार, ०४ फागुन २०७६, १० : ०३
22 Shares
आइतबार, ०४ फागुन २०७६
22 Shares

फागुन ४,

काठमाडौं । सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आसपासका हिमाली गिद्धको अध्ययन गर्ने उद्देश्यअनुरूप स्याटलाइट जडान गरिएको चराविद् डा. तुलसी सुवेदीले जानकारी दिए । उनले भने, “नेपालमा थालिएको यो अध्ययन विश्वमै दोस्रो हो, जीपीएस ट्रान्समिटर सहितको स्याटलाइटले हिमाली गिद्धको विचरणसँगै यसको गतिविधिको जानकारी दिन्छ ।”

उनका अनुसार अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ । उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो । -गोरखापत्र दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।