ताजा अपडेट »

ट्रम्प विजयी भएको औपचारिक घोषणा नहुँदै बधाईको ओइरो

बुधबार, २१ कार्तिक २०८१, १५ : १४
92 Shares
बुधबार, २१ कार्तिक २०८१
92 Shares

वासिंटन । अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।यद्यपि, उनको जितको औपचारिक घोषणा भइसकेको छैन । तर, उनको जित सुनिश्चितजस्तै छ ।

 यसबिचमै ट्रम्पलाई विश्व समुदायबाट बधाईको ओइरो आउन थालेको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ ९यसअघि ट्वीटर भन्ने गरिएको० मार्फत बधाई दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले आगामी दिनमा आफू ट्रम्पसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।

 फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै आगामी दिनमा सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् । इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको उल्लेख गरेकी छन् । ट्रम्पको जितले यो सम्बन्ध अझ मजबुत हुने उनको भनाइ छ ।

यस्तै, हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई ‘विश्वका लागि आवश्यक’ भनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।