ताजा अपडेट »

बुटवलमा पहिलो पटक भौतिक संरचनाका हिसाबले बुटवल हस्पिटल उत्कृष्टः पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ

मंगलबार, २० कार्तिक २०८१, २० : ११
242 Shares
मंगलबार, २० कार्तिक २०८१
242 Shares

बुटवल । लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अनुगमन गरेका छन् । बुटवल बाटै प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठले बुटवलमा पहिलो पटक भौतिक संरचनाका हिसाबले उत्कृष्ट अस्पताल निमार्ण भएको प्रतिक्रिया दिएका छन्।

उनले यस क्षेत्रका विरामीहरु विभिन्न कारणले उपचारका लागि भारतिय शहरहरुमा जानुपर्ने वाध्यताको अन्त्यका लागि बुटवल हस्पिटल प्रा.लि.ले महत्वपुर्ण भुमिका खेल्ने बताए । स्वास्थ्यका क्षेत्रमा बुटवलले अझै धेरै गर्न वांकी रहेको भन्दै अव पुर्वाधार र उकरणका हिसाबले बुटवल प्रा लि जस्तै नीति र सरकारी अस्पतालहरु प्रतिशपर्दामा उत्रिनु पर्ने बताए । भर्खरै एक सय शैयाको अनुमति पाएको बुटवल हस्पिटल प्रा लिले बुटवल ६ चांदीवारी चोकमा सुविधा सम्पन्न भवनवाट आफ्नो सेवा शुरु गरेको छ । 

तीसजना भन्दा वढि कन्सल्टेण्ट चिकित्सहहरु सहित २ सय जना स्वास्थ्यकर्मी कर्मचारीहरु रहेको बुटवल हस्पिटल प्रा लि ले अधिकाश सेवाहरु २४ घण्टा संचालन गरेको छ । सो अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा बुटवललाई थप विस्वाशिला्े बनाउनका लागि बुटवल हस्पिटल प्रा लि को टिमले केहि नयां प्रयास गरेको भन्दै यसको स्थायित्वका लागि सकारात्मक सहयोगको अपेक्षा गरे । उनले आफुहरु सरकारी र नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुसंग सहकार्य गरेरै अघि बढ्न चाहेको भन्दै बुटवल हस्पिटल प्रा लि तत्काल देख्दा केहि व्यक्तिहरुको लगानी भएपनि यो बुटवलका सबै नागरिकहरुकै संस्था भएको बताए । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, प्रवन्धक देवेश कर्ण, बिक्रम खड्का लगायतले स्वास्थ्य क्षेत्रका वारेमा धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।