ताजा अपडेट »

अर्घाखाँचीमा कार दुर्घटना अपडेटः घाइते कार चालक नेपालीको मृत्यु

आइतबार, १८ कार्तिक २०८१, २१ : १९
6.59K Shares
आइतबार, १८ कार्तिक २०८१
6.59K Shares

बुटवल । अर्घाखाँचीमा भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएका कारका चालकको मृत्यु भएको छ ।

आज साँझ भारतीय नम्बरको एचआर५५एयू८७९३ नम्बरको कार सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल  खसेको थियो । दुर्घटनामा परी घाइते भएका कारका चालक मालारानी गाउँपालिका नविन नेपालीलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको थियो ।

नेपालीलाई राति ९ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्रबहादुर मल्लले ग्लोबल आवाजलाई जानकारी दिए । दुर्घटनामा परेको कार टुक्राटुक्रा भएको छ । २ जना कार दुर्घटना हुनु भन्दा केही बेर अघि मात्रै झरेको डिएसपी मल्लले बताए ।

दुर्घटनामा परेको कार कात्तिक १५ गते इलाका प्रहरी कार्यालय ठाडा अमराईमा इन्टी भएको देखिएको उनले बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।