ताजा अपडेट »

अर्घाखाँचीमा भारतीय नम्बरको कार भिरबाट खस्यो, १ जना गम्भीर घाइते

आइतबार, १८ कार्तिक २०८१, २० : ४०
528 Shares
आइतबार, १८ कार्तिक २०८१
528 Shares

बुटवल । अर्घाखाँचीमा आज साँझ भारतीय नम्बरको कार दुर्घटनामा भएको छ।

सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर५५एयू८७९३ नम्बरको भारतीय अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल  खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा परी  कार चालक मालारानी गाउँपालिकाका नविन नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चत्र बहादुर मल्लले ग्लोबल आवाजलाई जानकारी दिए ।  डीएसपी मल्लका अनुसार  गाडी टुक्राटुक्रा भएको छ । २ जना दुर्घटना हुनु भन्दा केही बेर अघि मात्रै झरेको डिएसपी मल्लले बताए ।

घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको बताए । दुर्घटनामा परेको कार कात्तिक १५ गते इलाका प्रहरी कार्यालय ठाडा अमराईमा इन्टी भएको देखिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।