ताजा अपडेट »

भैरहवादेखि थाई एयरको अन्तर्राष्ट्रिय उडान सुरु, प्रारम्भ भएका योजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

आइतबार, १८ कार्तिक २०८१, १४ : ०३
28 Shares
आइतबार, १८ कार्तिक २०८१
28 Shares

काठमाडौं । थाई एयर एसियाले आज आइतबार भाइ टिकाको दिनदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै प्रारम्भ योजनालाई क्रमागत रुपमा पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एयर एसियाको विमानलाई पानीको फोहराले स्वागत गरिएको ३७ सेकेण्डको भिडियो साझा गर्दै उनले भनेका छन्, “भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ ।”

यही कात्तिक ११ गते अनुमति बिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौं र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ । कम्पनीलाई सातामा काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वत रद्द हुने सर्तसमेत राखी उडान फुकुवा गरिएको छ ।

“नोभेम्बर ३ तारिखदेखि साताको दुई उडान भैरहवाबाट गर्ने उडान तालिका पेस गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमाडौंबाट पनि उडान पुनः सुरु गर्ने सर्तमा थाई एयर एसियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।