बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीमा डुबेर वेपत्ता भएका बालक ३ दिनसम्म पनि भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार यही कात्र्तिक १६ गते तिनाउ नदीको ड्यामसाइड नजिकै नुहाउने क्रममा भारतदेखि घुम्न आएका बालक डुबेर मृत्यु भएको हो ।
भारतको गोण्डा जिल्लाबाट परिवारसहित घुम्ना आएका मोहम्मद मुबसिर खानका १२ वर्षीय छोरा काब खान खोलाको किनारामा खेल्ने क्रममा अचानक चिप्लिएर डुबेका थिए । खबर प्राप्त हुनसाथ प्रहरी र स्थानीयले खोजतलास गरे पनि उनको उनलाई भने भेटिएको छैन । शनिबार दिनभर पनि बालकको खोजिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
बालकका आज पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया