बुटवल । सामुदायिक रेडियो सैनामैना ९१ मेघाहर्जको स्टेशन म्यानेजनरमा अनिल पहाडी नियुक्त भएका छन् । पहाडीलाई रेडियोको संचालक समितिले स्टेशन म्यानेजरमा नियुक्त गरेको हो ।
उनले शुक्रबार लक्ष्मी पुजाको दिनदेखि कार्यभार समालेका छन् । कार्यभार सम्माल्दै पहाडील रेडियोलाई अब्बल बनाउने गरी आफु लागि पर्ने बताए । साथै रेडियोलाई आफुले पुरानो तरिकाले भन्दा पनि अहिलेको समय सुहाउँदो गरि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
लामो समयदेखि संचारकर्ममा रहेका पहाडी रेडियो रिपब्लीकको कार्यक्रम प्रमुखको रुपमा काम गरेका थिए । उनी संचारकर्मसँगै कलारिकता क्षेत्रमा पनि सक्रिय छन् ।
प्रतिक्रिया