ताजा अपडेट »

लायन्स ईन्टरनेशनल ३२५ पी को दोस्रो क्यबिनेट मिटिङ्ग बुटवलमा

शनिबार, १७ कार्तिक २०८१, १२ : ३६
48 Shares
शनिबार, १७ कार्तिक २०८१
48 Shares

बुटवल । लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपाल को दास्रो क्यबिनेट मिटिङ्ग बुटवल मा बुटवल अन्तर्राष्ट्रिय  सम्मेलन केन्द्र मा हुने भएको छ ।

यही कात्तिक २४ गते सनिबार  भव्य तयारी गरिएको छ । विभिन्न सामाजिक क्रियाकलाप  गर्दै आएको लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पि नेपाल २०२४÷२५ को दास्रो क्यबिनेट मिटिङ्ग सामाजिक उद्धमशिलता प्रथामिकता राखेर कार्यक्रम गरेको हुने छ ।

कार्यक्रममा लिडर सिप टेनर तथा बरिष्ठ पत्रकार राजेन्द्र वानियाले बढ्दो युवा पलायन सामाजिक उद्यमशिलता हाम्रो भबिस्य बारे र हामीले कसरी आफ्नो घर ,परिवार, साथीभाई , र वरिपरी तथा समाजमा कसरी सामाजिक उद्धमशिलता मार्फत समावेशिता बढाउन उद्धमका मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ वादमा आवद्ध भएका सबै सदस्यहरुको मिहिनतको कारण अहिले विश्वमा लायन्स क्लव एउटा नमुना  सामाजिक क्लवको रुपमा स्थापना भएको बताउँदै उनले यो सामाजिक क्षेत्रको महा अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिने छन्।

त्यतै कार्यक्रमा बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सामाजमा लायन्स को भुमिका, सद्भाव, सेवा, सत्कार बारेमा बोल्ने छन । लायन्स इन्टरनेशनल ३२५ पि नेपाल डिष्ट्रिक गर्भनर पुरुसोत्तमभक्त प्रधानाङ्गले   यो बर्ष २०२४\२५ मा सामाजिक सेवा सहित अवको  क्लबले उद्धमशिलता मार्फत कसरी तपाई र समाजमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ र आर्थिक बिकास गर्न सकिन्छ  भन्ने योजना सहित नयाँ थिम अगाडी सारिएको बताएका थिए । 

कार्यक्रममा इन्टरनेशनल डारेक्टर बालकृष्ण बुर्लाकोटी, पिआइडि जिएटी क्सीटुसनल एरिया लिडर इसामे ईन्जीनियर संजय खेतान, जिएटि एरिया लिडर खगेन्द्र सिटौला, एलसिआएफ एरिया लिडर राजन लम्साल मल्टीपल काउन्सील चेयरपर्सन रमेश कुमार लामा, मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणा, डिष्ट्रिकका निर्वातमान गर्भन अर्जुनमान शैजु, फष्ट भिडिजी बालाराम भट्राई, सेकेन्ड भिडीजी सन्दीप कसौधन पूर्व गर्भनरहरु नवराज न्यौपाने,सुनिल वझा,अनुप पहारी,महेन्द नाराण श्रेष्ठ लगायतले लायन्सका लिडरहरु उपस्थीती हुने डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।

डिष्ट्रिक ३२५ पि का १ हजार भन्दा बढी लायन्स लियोहरु सहभागिता रहने सचिव माधव खनालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।